आइतबार तनहुँको दमौलीमा पत्रकारहरुसँग नेता पौडेलले प्रधानमन्त्री एवं पार्टी सभापति देउवाले पार्टीमा छलफल नै नगरी विमलेन्द्र निधिलाई कार्यबाहक दिएकोमा आपत्ति जनाए ।
देउवाको कार्यशैली बेठीक भएपनि भारत भ्रमण भने सफल रहेको पौडेलको दाबी थियो ।
उनले संसदीय समिति नबनाइँदा २ नम्बर प्रदेशको उम्मेदवारी टुंग्याउन भद्रगोलको अवस्था आएको पनि बताए ।
नेता पौडेलले प्रमुख प्रतिपक्ष नेकपा एमालेले नेपालको राष्ट्रिय झन्डा र राष्ट्रियता शब्दकै दुरुपयोग गरेको आरोप पनि लगाए ।
संविधानसँग विमति राख्ने शक्तिहरुसमेत निर्वाचनमा भाग लिन आउनु सकारात्मक पक्ष भएको भन्दै पौडेलले तीनै तहको निर्वाचनपछि मुलुक आर्थिक समृद्धिको बाटोमा लाग्ने बताए ।





प्रतिक्रिया दिनुहोस्