निधिले प्रधानमन्त्री देउवाको भ्रमणबाट दई देशबीचको सम्बन्धमा विश्वास बढेको र विकासका लागि पनि सम्बन्ध वृद्धि भएको दाबी गरे ।
उनले भारत भ्रमणकाक्रममा प्रधानमन्त्री देउवाले संविधान संशोधनको विषयमा बोल्नुलाई नकारात्मकरुपमा लिन नहुने जिकिर गरे ।
आइतबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै निधिले जनताले निर्माण गरेको संविधानलाई आन्तरिक र बाह्य दुबैतर्फबाट स्वागत् गरियोस् भन्ने चाहनालाई गलत भन्न नमिल्ने टिप्पणी गरे ।
प्रमुख प्रतिपक्ष नेकपा एमालेको आलोचना गर्दै नेता निधिले एमालेका नेताहरु विकास निर्माण, राजनीतिक दृष्टिकोणलगायत विषयमा प्रतिक्रियावादी देखिएको टिप्पणी पनि गरे ।





प्रतिक्रिया दिनुहोस्