काठमाडौं, माघ ५ । थाइल्यान्डमा जारी टी–२० स्म्यास क्रिकेटको उपाधि जित्न घरेलु टोली थाइल्यान्डले नेपालसामु १२२ रनको लक्ष्य प्रस्तुत् गरेको छ ।
टस हारेर ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित् २० ओभरमा एक विकेट गुमाएर १२१ रन बनाएको थियो ।
घरेलु टोलीका लागि नाथचन चनथमले सर्वाधिक ६९ रन बनाइन् ।
यस्तै, नरुमोल चवाइले २७ र चानिदा सुथिरङले ‘नटआउट’ १९ रन बनाइन् ।
समूह चरणमा अपराजित र सेमिफाइनलमा इन्डोनेसियालाई हराएको नेपाल उच्च मनोबलमा रहेको छ ।
शुक्रबार भएको सेमिफाइनलमा नेपालले इन्डोनेसियालाई ९२ रनले हराएको थियो ।
थाइल्यान्ड पनि अपराजित रहँदै नेपाल फाइनलमा पुगेको हो । सेमिफाइनलमा थाइल्यान्डले युएईलाई हराएर नेपालसँगको भेट पक्का गरेको थियो । रासस








प्रतिक्रिया दिनुहोस्