२९ श्रावण २०८२, बिहिबार | Fri Aug 15 2025


डा. केसीको समर्थनमा काठमाडौंमा प्रदर्शन


0
Shares

काठमाडौं, माघ ५ । अनशनरत् डा. गोविन्द केसीको मागप्रति समर्थन जनाउँदै शनिबार काठमाडौंमा प्रदर्शन गरिएको छ ।

‘सोलिडारिटी अफ डा. केसी अलाइन्स’को आयोजनामा माइतीघर मन्डलामा भएको प्रदर्शनमा डा. केसीले उठाएका माग पूरा गर्न सरकारलाई आग्रह गरिएको छ ।

माइतीघर मन्डलामा भेला भएर केहीबेर नाराबाजी गरेपछि विभिन्न प्लेकार्ड बोकेर निस्किएको र्‍याली नयाँबानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो ।

र्‍यालीमा डा. केसी समर्थक चिकित्सक, राजनीतिकर्मी, अधिकारकर्मीलगायतको सहभागिता थियो ।