सल्लाघारीस्थित मैदानमा ‘हाम्रो दसैंमेला २०७४’ आयोजना हुने भएको हो ।
भक्तपुरमा आइतबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले यही भदौ ३० गतेदेखि असोज ५ गतेसम्म एकहप्ते मेला सन्चालन हुने जनाएको हो ।
मेलामा भक्तपुरको कला–संस्कृतिका साथै यहाँको उत्पादनदेखि विभिन्न प्रतियोगिता, सांस्कृतिक झाँकी प्रहसन रहने मेला संयोजक चन्द्रसूर्य इभेन्टस् प्रालिका सुप्रभात श्रेष्ठले जानकारी दिए ।
उपभोक्तालाई एकैथलोबाट सम्पूर्ण सामान उपलब्ध गराउने उद्देश्यले व्यापार मेला आयोजना गर्न लागिएको उनले बताए ।
दसैंका लागि आवश्यक समानदेखि भक्तपुरका स्थानीय मौलिक उत्पादनलाई पहिलो प्राथमिकतामा राखिने आयोजकको भनाइ छ ।
करिब पाँच लाखले अवलोकन गर्ने अपेक्षा गरिएको मेलामा २५ करोड रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको छ । मेलामा करिब २०५ स्टल रहने जनाइएको छ ।









प्रतिक्रिया दिनुहोस्