३२ असार २०८२, बुधबार | Wed Jul 16 2025


पाकिस्तानको पन्जाबद्वारा ६९ आतंककारीको सूची सार्वजनिक


0
Shares

प्रतिव्यक्ति ५०० देखि एक लाख अमेरिकी डलरसम्मको टाउकाको मूल्य तोकी आतंककारीलाई पक्राउ गर्न आग्रह गरेको स्थानीय उर्दु सन्चारमाध्यमहरूले जनाएका छन् ।

पन्जाब सरकारले केपिके प्रशासनलाई मोस्टवान्टेड सूची उपलब्ध गराउँदै उनीहरूमाथि कारबाहीका लागि आग्रह गरेको हो ।

पन्जाब सरकारले आफ्नो राज्यमा आतंककारीको सूचीमा रहेका उनीहरू उत्तरपूर्वी प्रान्तमा बसोबास गर्दै आएको तथा उनीहरूको छिमेकीमुलुकसँग साँठगाँठ रहँदै आएको जनाएको ‘दुन्या न्यूज’ले उल्लेख गरेको छ ।

आतंककारीको सूची प्रहरीसहित अन्य सम्बद्ध सुरक्षा निकायलाईसमेत उपलब्ध गराइएको छ ।

पन्जाबले अतिवादी लडाकू मुलुकको शान्ति तथा अमन–चयन र देशको बिग्रँदो कानुनी अवस्थाका लागि जिम्मेवार रहेको बताउँदै उनीहरूलाई कानुनी दायरामा ल्याउन आग्रह गरको छ ।

सूचीलाई अपराधमा जिम्मेवार व्यक्तिको तहलाई विभिन्न तीन समूहमा बाँडेको छ । सूची सार्वजनिक गर्दा उनीहरूको अपराधको भिन्ना–भिन्नै प्रकृतिबारे केही जानकारी गराइएको छैन ।

सूचीमा रहेका ३७ जना आतंककारी विभिन्न समूहमा संलग्न रहेको तथा बाँकी अन्य व्यक्ति स्वतन्त्ररूपमा नै आतंककारी गतिविधिमा संलग्न हुनेगरेको बताइएको छ ।

केपिकेले सूचीमा रहेका आतंककारीलाई पक्राउ गर्न विशेष समूह बनाइसकेको जनाएको छ । रासस/सिन्ह्वा