Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


प्रदेश नम्बर २ मा जुनसुकै दलसँग तालमेल गर्न सकिन्छः अध्यक्ष दाहाल


0
Shares

यद्यपि, पहिलो प्राथमिकता भने मधेसी दललाई नै दिइने उनले बताए । विराटनगरमा पत्रकारहरुसँग अध्यक्ष दाहालले २ नम्बरको स्थानीय तह तथा प्रदेश र प्रतिनिधिसभाको निर्वाचन सकाएपछि मुलुक राजनीतिक स्थायित्वको बाटोमा लाग्ने पनि बताए ।

प्रधानमन्त्री शेरवहादुर देउवाले भारत भम्रणका क्रममा संविधान संशोधन गर्ने विषयमा दिएको अभिव्यक्ति सान्दर्भिक नरहेको उल्लेख गरेका छन् ।

दाहालले प्रधानमन्त्री देउवासँग आफ्नो भेट नभएको र भारत भ्रमणमा भएको सहमतिबारे विस्तृतमा कुरा हुनै बाँकी रहेको उनले बताए ।

भारत भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले कोशी ब्यारेजको उच्च बाँध निर्माणका बारेमा गरेको सहमतिप्रति पनि पुनर्विचार गर्नुपर्ने दाहालले बताए ।

उनले विराटनगरमा राखिएको भारतीय क्याम्प हटाउनुपर्नेमा आफ्नो पार्टी प्रष्ट रहेको उल्लेख गरे ।

उनले पार्टीका केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्यहरुलाई प्रशिक्षण दिन विराटनगर पुग्नुभएका उनी वुधवार काठमाडौं फर्किनेछन् ।