लिभरपुलको मैदान एन्फिल्डमा भएको एकपक्षीय खेलमा घरेलु टोलीलाई विजयी गराउन रोबर्टो फर्मिनो, सादियो माने, मोहोमद सालाह र ड्यानियल स्टरिजले एक–एक गोल गरे ।
जितसँगै लिरभपुलले प्रिमियर लिगको उपाधिमाथि सुरुआती दावेदारी पस्किएको छ ।
प्रिमियर लिगअन्तर्गत् आइतबार राति भएको अर्को खेलमा चेल्सीले एभर्टनलाई २–० ले हरायो । चेल्सीका लागि सेस्क फाब्रिगास र अल्भारो मोराटाले एक–एक गोल गरे ।
आइतबार राति नै भएको अर्को खेलमा बर्न्लेसँग टोटनह्याम हट्सपर १–१ गोलको बराबरीमा रोकियो ।
टोटनह्यामका डेले अलीले पहिलो गोल गरेपनि बर्न्लेका क्रिस उडले खेलको अन्तिम मिनेटमा एक गोल फर्काउँदै खेल बराबरी गरेका हुन् ।
यसैगरी, स्टोक सिटी र वेस्ट ब्रोमले १–१ गोलको बराबरी खेलेका छन् ।
यी खेलहरुपछि प्रिमियर लिग फुटबलको अंकतालिकामा ३ खेलबाट ९ अंक जोडेको म्यानचेस्टर युनाइटेड शीर्ष स्थानमा रहँदा ७/७ अंक जोडेका लिभरपुल, हडर्सफिल्ड टाउन, म्यानचेस्टर सिटी र वेस्ट ब्रोम क्रमशः दोस्रोदेखि पाँचौ स्थानसम्म रहेका छन् ।
साविक विजेता चेल्सी ६ अंकसहित तालिकाको छैटौं स्थानमा रहेको छ ।





प्रतिक्रिया दिनुहोस्