
विवादास्पद गुरु गुर्मितलाई १५ वर्षअघि दुई महिलालाई बलात्कार गरेको अभियोगमा गत शुक्रवार दोषी ठहर गरिएपछि सोमबार (आज) १० वर्षको जेल सजाय सुनाइएको हो ।
गुर्मितविरुद्धको सजायको सुनुवाइमा सुरक्षाको कारण देखाउदै उनलाई अदालत नलगी रोहतकस्थित सुनारिया जेलभित्रै विशेष अदालतका न्यायधीश जगदीप सिंहले फैसला गरेका हुन् । न्यायधीश सिंह निर्णय गर्न हेलिकप्टरमार्फत सुनारिया जेल पुगेका थिए ।
जेलमा रहेको पुस्तकालयलाई अदालत बनाइएको थियो । गुर्मितलाई सजाय सुनाउनुअघि हरियाणा र पन्जाव प्रान्तका विभिन्न स्थानमा सेना तथा प्रहरीलाई उच्च सर्तकताका साथ कफ्र्यू आदेश जारी गरिएको छ ।
त्यस्तै, राजधानी दिल्लीमा समेत उच्च सुरक्षा सतर्कता अपनाइएको भारतीय सन्चारमाध्यमहरुले जनाएका छन् ।
गुर्मितविरुद्ध सजाय सुनाउनुअघि उनका अनुयायीहरुले सवारी साधनमा आगजनी गरेका थिए । गत शुक्रवार गुर्मितलाई पंचकुला नगरस्थित एक अदालतले बलात्कारी ठहर गरेपछि चर्किएको हिंसामा ३८ जना मारिएका थिए ।
गुर्मितका करिव ६ करोड अनुयायी विश्वभर रहेको बताइन्छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्