Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


राप्रपा फुटको विषय संसदमा, ‘सत्तारुढकै प्रयासमा फुटाइयो’


0
Shares

संसदको सोमबारको दोस्रो बैठकमा सभामुखसँग समय लिएर बोल्दै राप्रपाका सांसद दिलनाथ गिरीले आफ्नो पार्टीको विभाजन योजनाबद्ध तवरले गरिएको आरोप लगाए ।

सत्तारुढ दलकै प्रयासमा राष्ट्रिय प्रजातन्त्र पार्टी विभाजन गरिएको आरोप लगाउँदै उनले नयाँ दल दर्ताका लागि संसद र केन्द्रीय समितिमा ४० प्रतिशत पुर्‍याउनुपर्नेमा त्यसो नगरिएको र हचुवाको भरमा निर्वाचन आयोगलेसमेत दल दर्ता गरिदिएको बताए ।

उनले आफ्नो धारणा राखिरहँदा नयाँ दल दर्ता गराएका राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका सांसदहरुले नियमापत्ति गरेका थिए ।

एक फरक प्रसंगमा सांसद गिरीले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणकाक्रममा अमर्यादित गतिविधि भएको भन्दै आपत्तिसमेत जनाए । रासस