Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


थकाली समुदायको संस्कृति संरक्षणका लागि ३० लाखको अक्षयकोष स्थापना


0
Shares

थकाली सेवा समितिको सोमबार थासाङ गाउँपालिका–२ कोवाङमा बसेको बैठकमा समितिका महासचिव नरेशकुमार तुलाचनले गत पुस १५ गतेदेखि ३० गतेसम्म सन्चालित बाह्र वर्षे ल्हफेव पर्वको अवसरमा संकलित रकमबाट कोष स्थापना गरिएको जानकारी दिएका हुन् ।

उता, भोलिदेखि भदौ १६ गतेसम्म कोवाङमा सुरु हुने थकाली समुदायको फालो पर्व कुमार जात्राको तयारी पूरा भएको जनाइएको छ ।

थाक क्षेत्रका थकाली समुदायका भगवान नरिच्यहोबको आर्शीवाद लिनका लागि ५ देखि १३ वर्षसम्मका कुमार केटाहरुले भाद्र महिनाको शुक्लपक्ष अनुराधा नक्षत्र पारेर कुमार यात्रा कर्म गर्नुपर्ने धार्मिक मान्यता रहेको छ ।

Skip This