Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


सेयर बजार सोमबार पुनः ओरालो


0
Shares

बजार परिसूचक नेप्से झन्डै १० अंक बराबरले ओरालो लागेर १६ सय १२ मा आइपुग्यो । कारोबार भने औसत दिनका तुलनामा बढी झन्डै अर्ब हाराहारीमा पुग्यो ।

उत्पादनमूलक र विकास बैंक समूहबाहेक अरु सबै ओरालो लागे । बिमा समूह सबैभन्दा उच्च ४५ अंकले ओरालो लाग्यो । होटल र वाणिज्य बैंक समूह पनि दोहोरो अंकले झरे ।

अरु समूह भने सामान्य अंकले रातो रहेका हुन् । उत्पादनमूलक समूह २७ अंकले उकालो लाग्यो भने विकास बैंक समूह ५ अंकले सकारात्मक रह्यो ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ५९ कम्पनीको साढे १५ लाख कित्ता सेयर ९२ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।