Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


बाढी र डुबानले सडक संरचनामामात्र ‘४ अर्बको क्षति’


0
Shares

यस क्षेत्रका सडक, पूर्वाधार संरचना, उद्योग–व्यवसाय लगायतमा अर्बौंको क्षति भयो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत्का राजमार्ग र सहायकमार्गमा नै ४ अर्ब रुपैयाँ बराबरको क्षति भएको मन्त्रालयले जनाएको छ ।

महेन्द्र राजमार्गका विभिन्न भागमा बाढी र डुबानले दुईओटा पक्कीपुल र थुप्रै किलोमिटर सडक क्षतिग्रस्त बनाएको छ ।

अहिले यस क्षेत्रमा यातायात सुचारु गरिएको छ । तर, पूर्णरुपमा निर्माण सम्पन्न गर्न समय लाग्नेछ ।

निर्माणका लागि आवश्यक रकमबारे अर्थ मन्त्रालयमा पत्राचार भइसकेको र छिट्टै नै निर्माण सुरु हुने मन्त्रालयका प्रवक्ता राजेन्द्रराज शर्माले जानकारी दिए ।

डुबान क्षेत्रका सबै सडक निर्माणको जिम्मा सेनालाई दिएको समाचारको पनि उनले खन्डन गरे ।

रणनीतिक सडक निर्माणका लागि मन्त्रालय नै सक्षम रहेको र मन्त्रालयले नै गर्ने उनले सोमबार हामीसित बताए ।

सहायक र स्थानीयस्तरका सडक निर्माणका लागि भने सरकारले निर्णय गरेर नेपाली सेनालाई निर्माणको जिम्मा दिनसक्ने उनले उल्लेख गरे ।

पुनःनिर्माणका लागि २ वर्षजस्तो लागे पनि सडक भने यसै आर्थिक वर्षभित्र सम्पन्न गरिसक्ने मन्त्रालयको लक्ष्य छ ।