९ जेष्ठ २०८२, शुक्रबार | Sat May 24 2025


बलात्कारी गुरु रामरहिमको नाममा ७ ओटा विश्व कीर्तिमान ! (७ तस्वीर)


0
Shares

उनले फिल्मको पोष्टरदेखि सरसफाई अभियानसम्म आफ्नो नाम ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’मा लेखाएको ‘बीबीसी‘ले उल्लेख गरेको छन् ।

अध्यात्मिक गुरु, गायक, नायक र सामाजिक कार्यकर्ताका रुपमा आफ्नो नाम स्थापित गर्न सफल भएका ती गुरुले अहिलेसम्म ‘गिनिज बुक’मा सातओटा विश्व कीर्तिमानीमा आफ्नो नाम लेखाउन सफल भएका छन् ।

उनको पहिलो विश्व कीर्तिमानीको रेकर्ड सबैभन्दा ठूलो ‘फिंगर पेन्ट्स’ बनाउने शीर्षकमा रहेको छ ।

गिनिज बुक अफ वर्ल्ड रेकर्डको अनुसार संसारभर सबैभन्दा ठूलो फिंगर पेन्ट्स बनाउने गुरु गुर्मित राम रहिम सिंह र शाह सतनाम जी ग्राम एस वेलफेयर फोर्स विंगको संयुक्त नाममा रहेको छ । सन् २०१२ सेप्टेम्बर २३ मा संयुक्त रुपमा ३ हजार ९ सय वर्गमीटर लामो पेन्टिंग सिरसामा बनाएर विश्व कीर्तिमान कायम गरेका थिए ।

दोश्रोमा सबैभन्दा ठूलो फिल्मको पोष्टर बनाएर विश्व कीर्तिमानीमा आफ्नो नाम लेखाउन सफल भएका छन् । सन् २०१६ अक्टुबर १४ मा हरियाणस्थित आफ्नै आश्रममा उनकै फिल्म ‘एमएसजी, द वारियर लायन हर्ट’को प्रचारको लागि १५ हजार १२३.८ वर्गमीटर लामो पोष्टर बनाएर विश्व कीर्तिमान कायम गरेका थिए ।

यस विश्व कीर्तिमानमा उनी र हकीकत इन्टरटेनमेन्ट प्रालिको संयुक्त नाममा रहेको छ ।

त्यस्तै तेश्रो विश्व कीर्तिमान् एकैपटक धेरै मानिसहरुले हात धोएर बनाएका छन् ।

सन् २०१२ सेप्टेम्बर २३ मा सिरसास्थित ‘डेरा सच्चा सौदा’को एसएमजी कम्प्लेक्समा उनी र शाह सतनम ग्रीन एस वेलफेयर फोर्स विंगद्वारा आयोजित कार्यक्रममा ७ हजार ६७५ जनाले एकसाथ हात धोएर विश्व कीर्तिमान् कायम गरेका थिए ।

चौथो कीर्तिमान् भने सागसब्जीको प्रयोग गरेर ठूलो ‘एक’ लेखेर बनाएका छन् । अर्गानिक तरकारीको प्रयोग गर्न प्रोत्साहनको लागि आयोजित कार्यक्रममा १ हजार ८५८.०७ वर्गमीटरको हरियो तथा पहेँलो तरकारी प्रयोग गरेर लेखिएको ‘एक’ आकारले उनी र ग्रीन एस वेलफेयर फोर्स विंगको नाममा विश्व कीर्तिमान कायम गरिदिएको छ ।

यस कीर्तिमानको लागि ७७ हजार ७२३ केजी तरकारीको प्रगोग गरिएको थियो । जसमा हरियो तथा रातो खुर्सानी, लसुन, टमाटर, केराउ, सागलगायतका तरकारी थिए ।

त्यसैगरी, पाँचौ कीर्तिमानीमा उनी र हकीकत इन्टरटेनमेन्ट प्रालिले संयुक्त रुपमा सबैभन्दा ठूलो ‘ग्रीटिङकार्ड’ बनाएर विश्व कीर्तिमानको रेकर्ड राखेको छ ।
सन् २०१५ अगष्ट २२ मा सिरसास्थित आफ्नै आश्रममा सयँक्त रुपमा बनाइएको ३९८.४२ वर्गमीटरको ठूलो ‘ग्रीटिङकार्ड’ले विश्व कीर्तिमान कायम गरेको थियो ।

सन् २०१६ सेप्टेम्बर २३ मा सबैभन्दा धेरै तेलको दियो बालेर उनले अर्को विश्व कीर्तिमान कायम गरे । हरियाणामा आयोजित एक कार्यक्रममा उनले १ लाख ५० हजार ९ ओटा तेल राखिएको दियो बालका थिए । यस कार्यक्रममा उनलाई १५३१ जना उनका अनुयायीले साथ दिएका थिए ।

त्यस्तै उनको सातौँ कीर्तिमानी भने यसै वर्षको सुरुमा बनाएका थिए । उनी जन्मदिनमा भिडियोमार्फत सबैभन्दा धेरै शुभकामना पाउने ब्यक्ति हुन् ।

सन् २०१६ अगस्ट १४ देखि नोभेम्बर १४ सम्म उनले भिडियोमार्फत ३२ हजार २०७ ओटा जन्मदिनको शुभकामना भिडियो सन्देशमार्फत प्राप्त गरेका थिए । गिनिज बुक अफ वर्ल्ड रेकर्डले उनलाई गत फेब्रुअरीमा १५ मा जन्मदिनमा भिडियोमार्फत सबैभन्दा धेरै शुभकामना पाउने ब्यक्तिको रेकर्डमा राखेको थियो । (एजेन्सी)