Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


तुलसीपुर उपमहानगरमा रु एक अर्ब १८ करोड बजेट


0
Shares

पूँजीगत विकास, नगर र वडास्तरीय पूर्वाधार विकास र अन्य विकास कार्यक्रमका लागि रु एक अर्ब आठ करोड ६५ लाख ३४ हजार ५६८ र चालु खर्चअन्तर्गत तलब, भत्ता, कार्यालय सञ्चालनका लागि रु नौ करोड ८१ लाख ६१ हजार ८८२ गरेर कुल रु एक अर्ब १७ करोड ८६ लाख ९६ हजार ३९७ को बजेट उपप्रमुख माया आचार्यले कार्यपालिकाको बैठकमा प्रस्तुत गरेका छन् ।

उपमहानगरपालिकाले प्रत्येक वडामा रु एक करोड, बाढी प्रभावित क्षेत्रमा रु तीन करोड, विद्यालय शिक्षा सुधार कार्यक्रमका लागि रु १९ करोड, प्राविधिक शिक्षा सञ्चालन गर्ने कलेजलाई रु १० लाख अनुदान, बसपार्कलाई यो आवभित्र सञ्चालन गर्न रु नौ करोड बजेट विनियोजन गरिएको छ ।

नगर प्रमुख घनश्याम पाण्डेले गत आवमा भन्दा यो वर्षको बजेट चारगुणा बढी रहेको बताए ।

प्रशासनिक खर्च २५ प्रतिशतभन्दा बढी राख्न सकिने प्रावधान भएपनि १० प्रतिशतभन्दा कम रहेकाले विकासतर्फ धेरै बजेट परेको पनि पाण्डेले बताए ।

विनियोजन भएको बजेटमा पूर्वाधार विकास, शिक्षा सुधार, स्वास्थ्य र कृषिलाई प्राथमिकता दिइनुका साथै बाढीपीडितका समस्या दीर्घकालीन रुपमा समाधान गर्ने कार्यक्रमलाई पनि समावेश गरिएको छ । रासस