जिल्लाको कुल ९ हजार ९ सय ७४ हेक्टर क्षेत्रफलमा उत्पादन गरिएको बन्दा, काउली, मूला, आलु र मटरकोसा जस्ता तरकारीको बिक्रीबाट किसानले सरकारी दररेट अनुसार तीन अर्ब ८१ करोड ५० लाख रुपैयाँ आम्दानी गरेका हुन् ।
कृषि कार्यालयको प्राथमिकतामा परेका गोलभेडा, आलु, बन्दा, काउली र मटरकोसा जस्ता तरकारी बालीको उत्पादन गतबर्ष १९ हजार ५ सय मेट्रिक टन भएको थियो ।
कृषि सिंचाइ, औजार उपकरण वितरण, बर्षे र हिउँदे तरकारी बालीको बीउ र मलमा अनुदान जस्ता कार्यक्रमले व्यवसायिक तरकारी उत्पादनमा लाग्ने किसानको संख्या बढ्दै गएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख भरत विडारीले जानकारी दिए ।
धनकुटामा उत्पादित ६५ प्रतिशत तरकारी धरानस्थित कृषि बजार र ब्यापारी मार्फत सोझै राजधानी काठमाडौं र तराईका जिल्लाका साथै भारत निकासी भएको कार्यालयले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्