
अफगानिस्तानको जार इलाकामा रहेको यस स्थानमा भएको आत्मघाती आक्रमणमा अन्य कैयौं घाइते भएका अधिकारीहरुले जानकारी दिएका छन् ।
कडा सुरक्षाको व्यवस्था रहेको यस स्थानमा आत्मघाती आक्रमणकारीले बोकेको बम विस्फोट गराएका थिए । स्थानीसमयाअनुसार मंगलबार (आज) विहान १० बजे भएको यस आक्रमण तालिबान वा आइएसले गरेको भन्ने बारेमा केही बताइएको छैन ।
सुरक्षाका हिसाबले अति संवेदनशिल रहेको सो क्षेत्रमा भएको हमलापछि उक्त क्षेत्रको सुरक्षा व्यवस्था झन कडा बनाइएको छ ।
सो क्षेत्र बजार इलाकामा रहेको छ । उक्त क्षेत्रमा इदको पूर्वसन्ध्यामा किनमेलका लागि नागरिक उपस्थित भएका बेला यस्तो हमला भएको बताइएको छ । रासस/एएफपी
प्रतिक्रिया दिनुहोस्