९ जेष्ठ २०८२, शुक्रबार | Sat May 24 2025


११ सयभन्दा बढी मजदुरको ज्यान गएको कारखानाको मालिकलाई ३ वर्ष जेल


0
Shares

अदालतले उक्त सात तले कारखाना निर्माणका क्रममा भवन आचारसहिंता उल्लंघन गरी भ्रष्टाचार गरेको ठहर गर्दै मंगलबार (आज) रानालाई ३ वर्षको जेल सजाय सुनाइएको हो ।

रानाले भ्रष्टाचारका अतिरिक्त राना प्लाजाको विध्वंसको घटनामा हत्याको मुद्धा पनि खेपिरहेका छन् । उनीसहित अन्य ३७ जना विरुद्धको हत्या मुद्धामा दोषी ठहरिए उनीहरुलाई मृत्युदण्डको सजायसम्म हुनसक्ने बताइएको छ ।

राजधानी ढाका नजिक सन् २०१३ मा भएको उक्त घटनामा २५ सयभन्दा बढीलाई उद्धार गरिएको थियो । बंगलादेशकै इतिहासमा यो सबैभन्दा खराब औद्योगिक दुर्घटना मानिन्छ । (एजेन्सी)