Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


पञ्चेश्वर र महाकालीको एक महिनाभित्र डीपीआर आउँछ : प्रधानमन्त्री


0
Shares

उनले भने–‘ती दुई परियोजनाका डीपीआरका अतिरिक्त ती क्षेत्रमा सुक्खा बन्दरगाह, प्राविधिक शिक्षालय बन्दैछ ।’

गौरापर्वको उपलक्ष्यमा प्रशंसा संरक्षण समूहद्वारा मंगलबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले संविधान कार्यान्वयन गरी यसको सर्वस्वीकार्यतामा आफूले जोड दिएको बताए ।

भाषा, संस्कृति, कलाका विविधताले नै नेपालको एकतालाई अक्षुण्ण बनाएको चर्चा गर्दै उनले ‘यही सुन्दर एकताले नै देशलाई समुन्नत तथा बलियो बनाएको छ’–भने ।

सो अवसरमा विभन्न कलाकार तथा संस्कृतिकर्मीले गौरापर्वमा गाइने लोकगीत कलात्मकरुपमा प्रस्तुत् गरेका थिए ।

सो अवसरमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरले स्थानीय तहको निर्वाचनलाई सम्पन्न गर्दै सरकारले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा ध्यान दिएको बताए ।
ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले युवाको आर्थिक तथा सामाजिक विकास गर्न युवाकेन्द्रित कार्यक्रममा सरकारले जोड दिएको उल्लेख गरे ।

समूहका अध्यक्ष अम्बादत्त भट्टको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा सांसदहरु एनपी साउद, रमेश लेखक, कर्णबहादुर थापा, कलशा महरा तथा नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले गौरापर्वको उपलक्ष्यमा शुभकामना दिएका थिए । रासस