९ जेष्ठ २०८२, शुक्रबार | Sat May 24 2025


क्षेप्यास्त्र प्रक्षेपण अमेरिकी हस्तक्षेपविरुद्धको कडा प्रतिकारको उपाय : उत्तर कोरिया


0
Shares

राष्ट्रसंघको निशस्त्रीकरण सम्बन्धि जेनेभा भेलालाई सम्बोधन गर्दै ताइ सोङले भने, ‘पटक–पटकका चेतावनीपछि पनि अहिले अमेरिकाले दक्षिण कोरियाली भूमिमा सैनिक अभ्यास गरी खुला रूपमा उत्तर कोरियामाथि शत्रुवत व्यवहार देखाएको छ । यसप्रति प्रतिक्रिया दिनु मेरो देशका कर्तव्य हुन्छ ।’

सोङले जापानी क्षेत्रमा प्रक्षेपण गरेको क्षेप्यास्त्रबारे प्रत्यक्ष केही नभनीकनै कोरियाली प्रायदीपमा देखिएको तनावका कारण ‘कुनैपनि विनासकारी दुखद नतिजा’ को सिर्जना भएमा यसप्रति अमेरिका जिम्मेवार रहनुपर्ने चेतावनी दिए ।

प्योङयाङले आत्मरक्षाका लागि प्रतिवाद गर्ने अधिकार रहेको पनि उत्तरकोरियाली राजदूत सोङको जिकिर थियो ।

यता, उत्तर कोरियाको पुनः ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपणपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ‘सबै विकल्प खुल्ला’ रहेको बताएका छन् ।

तर्साउने र अस्थिरता निम्त्याउने कार्यले उत्तर कोरियाली सरकार यस क्षेत्र र समग्र विश्व समुदायबाट एक्लिने गतिविधि बाहेक अरु केही नभएको ह्वाइट हाउसले मंगलबार जारी गरेको वक्तव्यमा भनिएको छ ।

‘अन्य मुलुकलाई तर्साउने र अस्थिरता निम्त्याउने कार्यले उत्तर कोरियाली सरकार विश्व समुदायबाट एक्लिने गतिविधि देखिएको छ,’ वक्तव्यमा भनिएको छ । यससँगै उत्तर कोरिया विरुद्धका सवै विकल्प खुला रहेको, ट्रम्पले बताएका छन् ।

यसैगरी, अमेरिकी राजदूत रोबर्ट वुडले उत्तर कोरियाले केही समय यता देखाइरहेका उत्तेजक गतिविधिलाई अन्त्य गर्नेमा विश्वास व्यक्त गरे । रासस/एएफपी