Logo १० पुस २०८२, बिहिबार | Thu Dec 25 2025


नाडाल युएस ओपन टेनिसको दोस्रो चरणमा


0
Shares

अमेरिकाको न्यूयोर्कमा जारी वर्षको अन्तिम ग्रान्डस्लाम टेनिसअन्तर्गत पहिलो चरणको खेलमा सर्वियाका डुसान लाजोभिचलाई ७–६, ६–२ र ६–२ ले हराउँदै नाडाल दोस्रो चरणमा पुगेका हुन् ।

पुरुष एकलकै अन्य खेलमा अमेरिकी खेलाडी सान्डग्रेनलाई हराउँदै क्रोएसियाका मारिन सिलिच, फ्रान्सका जायल्स सिमोनलाई हराउँदै अमेरिकाका साम क्वेरे, रुसमा ड्यानिएल मेदभेदेभलाई हराउँदै क्यानडाका सापोभालोभ र रोमानियाका मारियस कोपिललाई हराउँदै फ्रान्सका जो विल्फ्रेड सोङ्गा पनि दोस्रो चरणमा पुगेका छन् ।

उता महिलातर्फ साविक विजेता एन्जेलिक केर्बर पहिलो खेलबाटै बाहिरिएकी छिन् । छैटौं वरियताकी जर्मन खेलाडी केर्बरलाई जापानकी नाओमी ओसाकाले ६–३ र ६–१ को सोझो सेटमा पाखा लगाईन् ।