बाग्लुङ नगरपालिका–३ कृष्णलालचोक काठेखोलाको किनारमा व्यावसायिक कृषि फर्म सञ्चालन गरेका ४९ वर्षीय नारायण शर्मा आत्मनिर्भर बनेका हुन् । २०५९ सालबाट कृषि व्यवसाय शुरु गरेका शर्माले माछा, कुखुरा, हाँस, बाख्रापालन लगायत केरा खेतीसमेत गरिरहेका छन् ।
शर्माको फर्ममा अहिले ग्रास, कमन, रहुलगायतका जातका सात हजार माछा छन् । त्यसैगरी ३ हजार ब्रोइलर र २ हजार कोइलर कुखुरासमेत उनले पालेका छन् ।
कृषि फर्ममा करिव १२ लाख लगानी गरेका उनले माछा बिक्रीबाटै बार्षिक ८ लाख रुपैयाँ आम्दानी गर्ने गरेका छन् । यहाँ उत्पादित माछा तथा कुखुरा स्थानीयस्तरमै खपत हुने गरेकाले बजारको समस्यासमेत नरहेको शर्माले बताए ।
जिल्लाकै नमुना कृषकका रुपमा चिनिएका शर्माले छिमेकी किसानलाई पनि कृषिकर्ममा प्रोत्साहित गरिरहेका छन् ।









प्रतिक्रिया दिनुहोस्