Logo १० पुस २०८२, बिहिबार | Thu Dec 25 2025


टेष्ट क्रिकेटमा बंगलादेशको फड्को, अष्ट्रेलियामाथि पहिलो पटक २० रनको जित


0
Shares

बंगलादेशले घरेलु मैदान ढाकामा अष्ट्रेलियालाई पहिलो पटक हराउँदै कीर्तिमान रचेको हो ।

१६ वर्षको अवधिमा दुई टोलीबीच पाँच खेल भएकामा अष्ट्रेलियाले चार खेल जितेको थियो भने पाँचौं खेलमा बंगलादेश २० रनले विजयी भयो ।

दुई सय ६५ रनको चुनौती पाएको अष्ट्रेलियाले चौथो दिनको खेलमा ७० ओभर ५ बल क्रिजमा टिकेर दुई सय ४४ रनमात्र बनाउन सक्यो ।

डेभिड वार्नरले एक सय १२ रन बनाए पनि टिमलाई जिताउन सकेनन् ।

यसअघि बंगलादेशले पहिलो इनिङ्समा दुई सय ६० तथा दोस्रो इनिङ्समा दुई सय २१ रन बनाएको थियो भने अष्ट्रेलियाले पहिलो इनिङ्समा दुई सय १७ रन बनाएको थियो ।

बंगलादेशी अलराउण्डर सकिब अल हसनको अलराउण्ड प्रदर्शनले बंगलादेशले शानदार विजय हासिल गरेको हो ।

सकिबले पहिलो इनिङ्समा ८४ तथा दोस्रो इनिङ्समा ५ रन बनाएका थिए भने दुवै इनिङ्समा समान ५/५ विकेट लिएका थिए ।

जितसंगै बंगलादेशले दुई खेलको श्रृंखलामा १/० ले अग्रता लिएको छ । दोस्रो खेल आगामी सोमबारदेखि चटगाउँमा हुनेछ ।