Logo १० पुस २०८२, बिहिबार | Thu Dec 25 2025


बंगलादेशविरुद्धको मैत्रिपूर्ण भलिबलमा नेपालको क्लिनस्वीप


0
Shares

दुई खेलको मैत्रिपूर्ण श्रृंखला नेपालले २/० ले जितेको हो । मंगलबार भएको पहिलो खेल ३/१ को सेटमा जितेको नेपालले बुधबार भएको दोस्रो खेल ३/२ को सेटमा जित्यो ।

ललितपुरको लगनखेलस्थित नेपाली सेनाको कभर्डहलमा भएको दोस्रो खेलमा २/१ ले पछि परेको नेपालले अन्तिम दुई सेट जितेर खेल आफ्नो पक्षमा पारेको हो ।

नेपाल १९/२५, २५/२२, २०/२५, २५/२२ र १५/८ ले विजयी भयो । नेदरल्याण्ड्सका प्रशिक्षकले प्रशिक्षण दिन थालेपछि नेपाली राष्ट्रिय भलिबल टिमले सुधारोन्मुख प्रदर्शन गर्दै गएको छ ।

गत शनिबार नेपालले डेनमार्कको ए डिभिजन टोली मिलवोभालाई पराजित गरेको थियो ।