यसदिन शेयर बजार परिसूचक नेप्से साढे १४ अंकले झरेर १५ सय ९८ मा आइपुग्यो ।
यसदिन उत्पादनमुलक र अन्य बाहेक अरु कारोबार भएका सबै समूहमा गिरावट आएसँगै नेप्से दोहोरो अंकले झरेको हो । बीमा समूह सबैभन्दा उच्च १ सय ६ अंकले ओर्लियो ।
वाणिज्य बैंक, जलविद्युत, होटल समूहमा दोहोरो अंकको गिरावट आयो । उत्पादनमूलक समूह भने १२ अंकले बढ्यो ।
यस दिन नेपाल स्टक एक्सचेन्जमा १ सय ५५ कम्पनीको १७ लाख कित्ता शेयरहरु ९७ करोड ८३ लाख रुपैया बराबरमा कारोबार भएको एक्सचेन्जले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्