
पाँचथर, माघ ४ । १६औंपटक सत्याग्रहमा बसेका डा. गोविन्द केसीले उठाएका माग पूरा गर्न दबाब दिँदै शुक्रबार पाँचथरको फिदिममा र्याली निकालिएको छ ।
स्थानीय युवाहरुको महाअभियानअन्तर्गत् फिदिमको जिल्ला अस्पताल पाँचथरको गेटबाट निकालिएको उक्त र्यालीले बजार परिक्रमा गरी गणतन्त्रचोकमा कोणसभामा परिणत भएको थियो ।
सभामा बोल्ने वक्ताले माग जायज भएकै कारण डा. केसीसँग सरकारले बारम्बार सम्झौता गरिसकेकाले माग पूरा गर्नुपर्ने बताएका थिए ।
प्रतिक्रिया दिनुहोस्