विद्युत आयोजनाको काम तत्काल अगाडि बढाउनुपर्ने उनको भनाई थियो ।
बुधबार राजधानीमा भएको साक्षात्कारमा मन्त्री शाहीले निर्माण कार्यमा ढिलाई गरिरहेका आयोजनालाई पनि तत्काल सम्पर्कमा आउन आग्रह गरे ।
सरकारले सस्ता जलविद्युत आयोजना आन्तरिक लगानीमा नै निर्माण गर्ने तयारी गरिरहेको उनले उल्लेख गरे ।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नागरिक लगानी कोष, सञ्चय कोष, निजी क्षेत्र एवं सर्वसाधारणको लगानीमा विद्युत आयोजना अगाडि बढाउन सरकार लागि परेको उनले जिकिर गरे ।
पुराना विद्युतीय सामाग्रीका कारण विद्युत चुहावट हुँदा अर्बौको घाटा लागेको उनले बताए ।
पुराना ट्रान्सफर्मर विस्थापित गर्न अध्ययनका लागि प्राविधिक टोली गठन गर्न लागेको उनको भनाई थियो ।
विद्युत चुहावट कम गर्न स्मार्ट मिटर प्रयोगमा ल्याउने योजना रहेको उनको भनाई थियो ।









प्रतिक्रिया दिनुहोस्