जिल्लादेखि केन्द्रीय कमिटीसम्म अस्वाभाविक लाग्ने गरी ठूलो र भद्दा कमिटी बनाउँदा पार्टीका गतिविधि र संगठन नै कमजोर बन्दै गएको निष्कर्ष निकाल्दै माओवादीले जिल्ला कमिटीलाई विघठन गरेको हो ।
२ सय ५१ सदस्यीय जिल्ला कमिटी विघठन गरेर ५१ सदस्यीय नयाँ कमिटी गठन गरिएको इन्चार्ज दुर्गाप्रसाद चापागाईले जानकारी दिए ।
नवगठित जिल्ला कमिटीको संयोजकमा प्रकाश इम्सङ र सहसंयोजकमा गणेशकुमार सेनलाई चयन गरिएको माओवादीले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्