Logo ८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026


असहयोग गरे प्रदेश सरकारले आफ्नै बैंक खोल्ने मुख्यमन्त्री गुरुङको चेतावनी


0
Shares

प्रदीप पौडेल (इमेज)

पोखरा, माघ ४ । गन्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्र बैंक र वाणिज्य बैंकहरुले असहयोग गरे प्रदेश सरकारले आफ्नै बैंक खोल्ने चेतावनी दिएका छन् ।

नेपाल राष्ट्र बैंक पोखराले शुक्रबार पोखरामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गदै उनले बैंकहरुलाई केन्द्रीय सरकारकोमात्रै हो भन्ने सोंच नराख्न आग्रह गरे ।

राष्ट्र बैंक र वाणिज्य बैंक सबै तहका सरकारका भएकाले केन्द्रमुखी हुन नहुने उनको धारणा थियो ।

बैंकहरुले प्रदेश सरकारले भनेको ठाँउमा लगानी गर्नुपर्ने र त्यसका लागि प्रदेश सरकारले सहयोग गर्ने पनि उनले प्रतिबद्धता जनाए ।