Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


इलामको सबैभन्दा पुरानो चिया कारखानाको भवन जीर्ण


0
Shares

सन् १९३५ सालमा हरियो चिया प्रशोधनका लागि स्थापना गरिएको उद्योगको पुनर्निर्माण नहुँदा भवन जीर्ण अवस्थामा पुगेको हो ।

इलाम नगरपालिका–७ मा रहेको यो उद्योगले स्थापनाकालदेखि नै हरियो चियापत्तिका फरक–फरक उत्पादन गर्दै आएको थियो ।

तर हाल भवन जीर्ण भएपछि ग्रिन टि मात्र उत्पादन गर्दै आएको छ ।

सरकारको स्वामित्वमा रहेको यो उद्योगको पुनर्निर्माण गर्न चासो नदेखाइँदा अस्तित्व नै संकटमा परेको स्थानीय बताउँछन् ।

उद्योगको स्वामित्वमा रहेको ५३ रोपनी जग्गामध्धे ४९ रोपनीमा चिया खेती गरिएको छ ।

त्यहाँबाट उत्पादित हरियो पत्ति प्रशोधनका लागि उद्योगको स्थापना गरिएको हो ।

ऐतिहासिक महत्व बोकेको उद्योगको पुनीनर्माण नगर्ने हो भने अस्तित्व नै मेट्निे स्थानीयको चिन्ता छ ।

हाल यो उद्योग सञ्चालन र चिया टिप्ने कार्यमा करिब ४० जना कर्मचारी र कामदार संलग्न छन् ।