Logo ८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026


प्रदेश–२ को नामको विषयमा दलहरुबीच तीव्र मतभेद


0
Shares

नवीन सिंह (इमेज)

जनकपुर, माघ ४ । प्रदेश नम्बर–२ को नामाकरणको विषयमा राजनीतिक दलहरुबीच विवाद देखिएको छ ।

प्रदेशको नामाकरण र राजधानी तोक्ने सम्बन्धमा शुक्रबार जनकपुरमा सुझाव संकलन कार्यक्रममा विवाद देखिएको हो ।

प्रदेशको राजधानी जनकपुर नै कायम राख्नेमा सबै राजनीतिक दल एकमत देखिएपनि प्रदेशको नाममा भने मतभिन्नता देखिएको हो ।

कार्यक्रममा संघीय समाजवादी फोरम नेपाल र राजपा नेपालका सांसदले ‘मधेस’ प्रदेश हुनुपर्ने आवाज उठाएका थिए ।

नेपाली कांग्रेस पक्षधरले ‘मिथिला’ र नेकपा सांसदले ‘जनक’ प्रदेश हुनुपर्ने धारणा राखेका थिए ।

प्रदेशका सबै जिल्लामा सुझाव संकलन भइसकेको छ । सुझाव संकलनको शुक्रबार अन्तिम दिन हो ।