जागरण नेपाललले आयोजना गरेको कार्यक्रममा विभिन्न जिल्लाका महिला प्रतिनिधिहरुले स्थानीय तहको पहिलो र दोश्रो चरणको निर्वाचनमा महिलाको सहभागीता ४० प्रतिशत भएपनि उपप्रमुख पदमा मात्र सीमित भएको बताए ।
प्रमुख र अध्यक्ष पदमा भने पुरुषकै वर्चस्व कायम रहेकाले सुधार गरिनुपर्ने उनीहरुको भनाइ छ । प्रदेश र केन्द्रको निर्वाचनमा ५० प्रतिशत महिला सहभागिता सुनिश्चतताका लागि उनीहरुले माग गरे ।
कार्यक्रममा काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गीले महिलालाई शिक्षित र उद्यमी बनाउन आफ्नो ध्यान केन्द्रित हुने बताइन् । सबै महिलालाई सक्षम बनाउन काम गर्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा सहभागी महिला अधिकारकर्मीले स्थानीय तहमा विजयी महिलालाई पाएको अवसर सदुपयोग गदै महिला अधिकारका लागि निरन्तर संघर्ष गर्न आग्रह गरे ।





प्रतिक्रिया दिनुहोस्