स्याउका लागि निकै प्रसिद्ध रहेको सतबाँझमा जलवायु परिवर्तनका कारण पछिल्लो समयमा स्याउ उत्पादन हुन छोडेको बताइएको छ ।
वि.सं. २०१९ सालमा स्थापना भएको बागवानी विकास केन्द्र २०६२ सालदेखि सुक्खा फलफूल विकास केन्द्रको नामले परिचत छ ।
सतबाँझमा पहिला देशभरिकै बढी स्याउका जात फल्ने गरेको भएपनि पछिल्लो समयमा हिउँ पर्न छोडेपछि स्याउ फल्न पनि छोडेको सुक्खा फलफूल विकास केन्द्रका प्रमुख बागवानी विकास अधिकृत लक्ष्मीदत्त पाण्डेयले जानकारी दिए ।
स्याउ फल्न छोडेपछि सुक्खा फलफूल विकास केन्द्रले अहिले हिउँदे फलफूलका विरुवा उत्पादन गर्न थालेको पाण्डेयले बताए ।
स्याउ फल्ने समयमा साउनदेखि कात्तिकसम्ममा सतबाँझमा स्याउ पाक्ने गरेको तर पछिल्लो समयमा बोटसमेत हुर्कन नसकेको उनले बताए ।
बैतडीमा स्याउ फल्न छोडेपछि हाल तराई तथा भारतबाट स्याउ आयात हुने गरेको छ ।










प्रतिक्रिया दिनुहोस्