चार लेनको मोटरेबल पुलको शिलान्यास गर्दै प्रधानमन्त्री देउवाले अब पश्चिमबाटसमेत नेपालको समृद्धि र विकासको ढोका खुलेको बताए ।
महाकाली नदीमा पुल र दोधारा–चाँदनीमा निर्माण हुने सुक्खा बन्दरगाहले पश्चिम नेपालमा विकासको ढोका खुलेको उनको भनाइ थियो ।
प्रधानमन्त्री देउवाले भारतका औद्योगिक सहरसँग सीधा सम्पर्क र सुक्खा बन्दरगाह विकासका लागि यो पुल कोसेढुंगा सावित हुने दाबी गरे ।
पुल निर्माणको जिम्मा पाएको कम्पनीले पुल निर्माणस्थल भीमदत्त नगरपालिका–१२ ओदाली क्षेत्रमा पर्ने महाकाली नदी किनारमा आवश्यक तयारीसमेत गरिरहेको छ ।
पुल निर्माणको तयारी भएसँगै महाकाली किनार क्षेत्रका बस्तीमा भने खुसियाली छाएको छ ।
झन्डै तीन अर्ब रुपैयाँको लागतमा निर्माण हुने पुलको लम्बाई ८०० मिटर हुनेछ भने तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।









प्रतिक्रिया दिनुहोस्