१० जेष्ठ २०८२, शनिबार | Sat May 24 2025


अमेरिकी तेल प्रशोधन केन्द्रबाट रसायन चुहिन थाल्यो, इन्धन प्रवाहमा असर


0
Shares

स्थानीय अधिकारीहरुका अनुसार रसायनको प्रभावबाट स्थानीयलाई जोगाउने प्रयास थालिएको ‘बीबीसी‘ले उल्लेख गरेको छ ।

प्रशोधन केन्द्रको साढे दुई किलोमिटरको दूरीमा रहेका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ भने कम्पनीले विष्फोट र आगजनीको खतरा रहेको भन्दै सचेत गराइएको छ । यसअघि त्यस क्षेत्रको क्रोस्वीमा रहेको आर्केमा रासायनिक केन्द्रमा दुई पटक विष्फोटको आवाज सुनिनुका साथै कालो धुवाँ निस्किएको अधिकारीहरुले पुष्टि गरेका छन् ।

घटनापछि प्रहरीले त्यस क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाएका छन् । समुद्री आंधीका कारण प्लान्टले आफ्नो क्षमताअनुसारको काम गर्न नसकेको जनाइएको छ । यसबाट अमेरिकाभर इन्धन प्रवाहमा नराम्रो असर परेकोे छ ।

विपद्पछि कैयौं तेल कम्पनीहरुले आफ्ना पाइपलाइन र प्रशोधन केन्द्र बन्द गरेका छन् । आँधीपछिको बाढीका कारण सबैभन्दा ठूलो क्षति बेहोरेको ह्युस्टन शहर उर्जाको एउटा मुख्य केन्द्र रही आएको थियो । तर, आँधीले अमेरिकाको एक चौथाई तेल प्रशोधन केन्द्रमा क्षति पुर्‍याएको छ । जसका कारण अमेरिकामा पेट्रोलको मूल्य दुईवर्ष यताकै उच्चविन्दुमा पुगेको छ । (एजेन्सी)