Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


भदौ १७ देखि काठमाडौंमा ‘फेस्टिभल अफ बंगाल’ हुने


0
Shares

नेपाल उद्योग वाणिज्य महासंघले भारतीय दूतावास र भारतको वेस्ट बंगाल उद्योग वाणिज्य संघको सहयोगमा भदौ १७ देखि २० सम्म ‘क्रस बोर्डर टुरिजम एन्ड ट्रेड एक्स्पो (फेस्टिभल अफ बंगाल) गर्ने भएको हो ।

नेपाल–भारतबीचको दौत्य सम्बन्ध स्थापना भएको ७०औं वर्ष पुगेको अवसरमा मेला आयोजना गर्न लागेको महासंघकी अध्यक्ष भवानी राणाले बताइन् ।

सो मेलामा सांस्कृतिक कार्यक्रम, बंगालको फुड फेस्टिभल, व्यावसायिक सम्मेलन, आर्थिक–व्यावसायिकसम्बन्धीलगायत विभिन्न गतिविधि हुने जनाइएको छ ।