किसानको बाँकी रकम भुक्तानी नै नगरी उखु मिल सर्लाहीमा सारिएपछि उखु कृषक मर्कामा परेका हुन् । सरकारले महालक्ष्मी चिनी मिललाई जिल्लामा उखु प्रवर्द्धनका लागि चार करोड रुपैयाँ अनुदान दिए पनि कृषकले अनुदान रकम नपाएको र अर्कातिर खेतमा लगाएको उखु बिक्री गर्ने ठाउँ नभएकाले कृषक अफ्ठ्यारोमा परेका हुन् ।
अन्न बाली उत्पादन नहुने जग्गा भएकाले कृषकको मूख्य पेशा नै उखु उत्पादन थियो । लाखौंलाख रुपैयाँ लगानी गरेर लगाएको उखु बेच्ने ठाउँ नहुँदा लगानी डुबेको भन्दै कृषकहरु चिन्तित बनेका छन् ।
जिल्लामा यस पनि बर्ष ४ हजार ९ सय ३० हेक्टरमा उखु लगाईएको छ । यस बर्ष २ लाख ७१ हजार १ सय ५० मेट्रिक टन उत्पादन हुने अनुमान गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्