Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


पार्टी भनेको कांग्रेस र एमालेमात्रै हुन् : ओली, माओवादी केन्द्रलाई ‘बिरालो’को संज्ञा


0
Shares

शुक्रबार पोखरामा गरिएको कार्यक्रममा उनले देशमा पार्टी भनेको नेपाली कांग्रेस र एमालेमात्रै भएको जिकिर गरे । उनले भने–‘अरु पार्टी तराजुमा राख्ने ढक हुन् ।’

प्रदेश नम्बर–२ मा असोज २ गते हुन गइरहेको तेस्रो चरणको स्थानीय तह निर्वाचनमा एमालेलाई चारैतिरबाट घेराबन्दी गर्न खोजिएपनि एमाले पहिलो पार्टी नै बन्ने भन्दै उनले एमालेलाई हराउन चुनौती पनि दिए ।

अध्यक्ष ओलीले आगामी मंसिर १० र २१ गते हुने संघीय संसद र सातओटै प्रदेशसभामा पनि एमालेले बहुमत ल्याउने दाबी गरे ।

संघीय संसद र प्रदेशसभाको निर्वाचन एकै चरणमा हुनुपर्छ भन्ने पक्षमा एमाले हुँदाहुँदै सरकारले दुई चरणमा निर्वाचन गर्न लागेकामा उनले आपत्ति जनाए ।

‘दुई चरणमा चुनाव गर्न खोज्नु धाँधलीको संकेत हो’–उनले भने ।

कार्यक्रममा एमालेमा प्रवेश गर्नेहरुलाई स्वागत पनि गरिएको थियो ।