
राजीनामा दिनेमा जलस्रोत मन्त्री उमा भारती, सीप विकास मन्त्री राजिव प्रताप रुडी, कृषिमन्त्री राधा मोहन सिंह, जलस्रोत राज्यमन्त्री सन्जिव बल्यान र साना उद्यमसम्बन्धी मन्त्री गिरीराज सिंह रहेका छन् ।
बिहीबार भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहले वित्तमन्त्री अरुण जेटलीसँग भेटवार्ता गरेका थिए । त्यस भेटका क्रममा पनि उनले वर्तमान मन्त्रिमण्डलको पुनर्गठनको कुरा गरेका थिए ।
उनीहरुबीच भएको भनिएको सो भेटवार्तापछि ती पाँचजना मन्त्रीले राजीनामा दिएको समाचारमा जनाइएको छ ।
प्रधानमन्त्री मोदीले आगामी शनिबार वर्तमान मन्त्रिमण्डल पुनर्गठन गर्ने अनुमान गरिएको छ । उक्त मन्त्रिमण्डलमा नयाँ मन्त्रीहरुलाई पनि स्थान दिने कार्यक्रमअनुसार नै राजीनामा मागिएको भारतीय सन्चारमाध्यमले जानकारी दिएका छन् ।
सन् २०१९ मा भारतमा संसदीय निर्वाचनको आह्वान गरिएको छ । सोही कारणले उनीहरुलाई पार्टीमा काम दिनेगरी मन्त्रीबाट राजीनामा मागिएको स्रोतको भनाई छ ।
प्रधानमन्त्री मोदीले दोस्रो कार्यकालका लागि पनि प्रधानमन्त्री बन्ने विचार राखेका छन् । यसका लागि पार्टीको संगठन बलियो बनाउनेतिर मोदी लाग्ने अनुमानसमेत गरिएको छ । रासस/सिन्ह्वा
प्रतिक्रिया दिनुहोस्