Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


पार्टी फुटलाई अवसरकारुपमा लिएका छौं : कमल थापा


0
Shares

सो दलको बाँके जिल्ला कार्यसमितिद्वारा शुक्रबार नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा उनले भने–‘दुई चरणमा हुने भनिएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई आफ्नो दलले उच्च महत्व दिएको छ ।’

पत्रकारद्वारा सोधिएको एक प्रश्नको जवाफमा उनले ‘पार्टी फुट्नु दुःखद् भएपनि यसलाई अवसरकारुपमा लिएका छौं, पार्टीभित्रको आन्तरिक विवादलाई बहाना बनाएर पार्टी फुट्दै जाने हो भने कुनैपार्टी पनि टिक्न सक्दैनन्’–भने ।

अध्यक्ष थापाले थपे–‘आफ्नो दलले हिन्दूराष्ट्र र राजतन्त्रको नारालाई नछाडेको र यही एजेन्डाका आधारमा पार्टी संगठन विस्तार गरिनेछ ।’ रासस