शुक्रबार महोत्तरीको श्रीपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशको हरेक निकायमा मधेसी समुदायको समानुपातिक सहभागिता नहुन्जेलसम्म आफूहरुको आन्दोलन जारी रहने बताए ।
अध्यक्ष यादवले संविधानमा मधेसीको पहिचान कतैपनि उल्लेख नभएकाले संविधान संशोधन अपरिहार्य भएपनि आफूहरुले आन्दोलनको अर्को रुपस्वरुप चुनावी मैदानमा उत्रिनुपरेको बताए ।
एक अर्को प्रसंगमा उनले ‘उच्चतहमा दलित नपुगेससम्म देशमा लोकतन्त्र स्थापित हुनैसक्दैन’–भने ।
त्यस अवसरमा नेपाली कांग्रेसका पूर्वगाविस अध्यक्ष महेन्द्र यादवसहित अन्य पार्टी परित्याग गरेका करिब ५०० कार्यकर्ता संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका थिए ।
पार्टी अध्यक्ष यादवले उनीहरुलाई स्वागत गरेका थिए । रासस





प्रतिक्रिया दिनुहोस्