त्रिशूली नदीकिनार कुरिनटारमा अवस्थित रिभरफनबीच रिसोर्ट र कास्कीको बेगनाथ लेक रिसोर्टले एसियन लाइफस्टाइल टुरिजम अवार्ड प्राप्त गरेका हुन् ।
सिंगापुरको एसिया लिडिङ रिसोर्ट इकले सातौंपटक आयोजना गरेको कार्यक्रममा दुबै रिसोर्टलाई उक्त अवार्ड प्रदान गरिएको हो ।
यद्यपि, रिभरले एडभेञ्चर विधामा अवार्ड पाएको हो भने बेगनाथ लेक रिसोर्टको अवार्डको शीर्षक भने खुलाइएको छैन ।
रिभरफनका सन्चालकद्वय शंकर अधिकारी र राजन सिंखडाले यही भदौको पहिलो साता सो अवार्ड लिएका थिए ।
रिसोर्टका निर्देशक राजन सिंखडाले अन्तर्राष्ट्रियस्तरको अवार्ड पाउनु नेपालकै गर्वको विषय रहेको बताउँदै यसले नेपालको पर्यटनलाई विश्व बजारमा थप प्रवद्र्धन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
अवार्डले व्यावसायिक जिम्मेवारी बढाएको र सेवालाई गुणस्तरीय र सुविधायुक्त बनाउन प्रेरणाका साथ लागिपर्ने उनले बताए ।
नेपालको पर्यटन क्षेत्रको विकासका लागि राज्यले विशेषगरी पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने व्यवसायी सिंखडाको भनाइ छ । रासस









प्रतिक्रिया दिनुहोस्