फोरम नेपालले आयोगले प्रदेशसभा र प्रतिनिधिसभाको क्षेत्र निर्धारणसहितको सरकारलाई बुझाएको प्रतिवेदनप्रति आफ्नो पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
‘संविधानको मर्मबमोजिम जनसंख्या र भूगोलको सन्तुलन नमिलाएको, सामाजिक संरचनालाई तहस–नहस पारेको, मधेसमा मधेसी बाहुल्य क्षेत्रहरुलाई टुक्रा–टुक्रा गरी गैरमधेसी बहुल क्षेत्रमा गाभ्ने काम गरेको’ आरोप सो पार्टीले लगाएको छ ।
फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवद्वारा शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ–‘आयोगको प्रतिवेदन अत्यन्तै विभेदकारी, आपत्तिजनक र त्रुटिपूर्ण रहेको हाम्रो ठहर छ ।’
आयोगको प्रतिवेदनले ‘पहाडी र हिमाली क्षेत्रमा पनि आदिवासी जनजाति समुदायको प्रतिनिधित्वलाई न्यून गर्ने षड्यन्त्र गरिएको’ भन्दै आपत्ति प्रकट गरिएको छ ।
नेपाली कांग्रेसको स्वार्थ पूरा हुनेगरी क्षेत्र निर्धारण गरिएको आरोप पनि सो पार्टीले लगाएको छ ।





प्रतिक्रिया दिनुहोस्