
काठमाडौं, माघ ४ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले स्वस्थ्य रहन नियमित योग गर्नु आवश्यक रहेकोमा जोड दिएका छन् ।
चौथो राष्ट्रिय योग दिवसको आज काठमाडौंमा उद्घाटन गर्दै उनले स्वस्थ्य जीवनको लागि योग अपरिहार्य रहेको बताए । योग सबै उमेर र समूहका व्यक्तिकालागि आवश्यक रहेको उनको भनाइ थियो ।
खनालले व्यस्त दैनिकी र अखाद्यवस्तुको सेवनले स्वास्थ्यमा नकारात्मक असर पुग्ने भएकाले पनि योग आवश्यक रहेको उल्लेख गरे ।
पतञ्जली योग सेवा समिति नेपालका अध्यक्ष लवदेब मिश्रले शान्तिकालागि पनि योग आवश्यक रहेकोमा जोड दिए । उनले योगलाई विद्यालयस्तरीय पाठ्यक्रममा समावेश गर्नु पर्ने बताए ।
‘शान्ति र समृद्विका लागि योग’ भन्ने नारासहित मनाइएको योग दिवसमा विभिन्न संघ, संस्थाको सहभागिता थियो ।
प्रतिक्रिया दिनुहोस्