नेपाली कांग्रेसले भ्रष्टाचार तथा जघन्य अपराधको आरोपमा जेल सजाय भोगिसकेकाहरुले पनि चुनाव लड्न पाउनुपर्ने अडान नछोडेपछि सहमति हुन नसकेको हो ।
समितिको बैठक आगामी १९ गतेसम्मका लागि स्थगित गरिएको छ ।
निर्वाचन कानुनमै सहमति नजुट्दा आगामी मंसिर १० र २१ गतेका लागि तय गरिएको निर्वाचन नै प्रभावित हुने त होइन भन्ने आशंका जन्मिन थालेको छ ।
समितिका सदस्य एवं नेकपा एमालेका सांसद गंगालाल तुलाधरले चुनाव नगराउने षडयन्त्रको आभास हुन थालेको बताए ।
निर्वाचन आयोगले छिटो कानुन दिन दलहरुलाई ताकेता गर्दै आएको छ ।





प्रतिक्रिया दिनुहोस्