Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


विशेष टोली परिचालन गरी २० दिनमा १३ लाख बढी राजश्व संकलन


0
Shares

असारमा खोलाहरुको ठेक्का अवधि सकिएलगत्तै ढुंगा र बालुवाको चोरी–निकासी तीव्र भएको तर प्रहरीले वास्ता नगरेको गुनासो बढेको थियो ।

सोही समयमा सरुवा भएर आएका प्रहरी उपरीक्षक मुकुन्दराज आचार्यले विशेष टोली गठन गरेर नियन्त्रण अभियान सन्चालन गरेका थिए ।

जिल्ला समन्वय समितिले चोरी गर्ने सवारी–साधनमध्ये ट्याक्टरलाई जनही १५ हजार, टिपरलाई २५ हजार र जेसीभीलाई जनही ५० हजार जरिवाना तोकेको छ ।

सबैभन्दा बढी दुम्कीवास, सुनवल, कावासोती, अरुणखोला, भूमही, बर्दघाटलगायतका क्षेत्रबाट नदीजन्य पदार्थको चोरी हुने गरेको प्रहरी उपरीक्षक आचार्यले बताए ।