Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


सुपथ मूल्य पसल सन्चालनमा, दाल–चामल, घिउ–चिनीदेखि खसी–बोकासम्म उपलब्ध हुने


0
Shares

शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा आपूर्तिमन्त्री शिवकुमार मण्डलले सुपथ मूल्य पसलको उद्घाटन गरे ।

सरकारी स्वामित्वका संस्थानले सुपथ मूल्य पसल सन्चालनमा ल्याएसँगै निजी क्षेत्रले पनि खाद्यन्नमा सहुलियत दिनुपर्ने मन्त्री मण्डलले बताए ।

उपभोक्तालाई सहज र सस्तो मूल्यमा सामाग्री उपलब्ध गराउन पसल सन्चालन गरिएको आपूर्ति मन्त्रालयका निमित्त सचिव मुकुन्दप्रसाद पौडेलले बताए ।

साथै, काठमाडौंमा तीनओटा घुम्ती गाडीमा पनि घुम्ती पसल सन्चालनमा ल्याइने भएको छ ।

चाडबाडको बेला हुने ठूलो मागमा सन्तुलन कायम गर्न सरकारी स्वामित्वका विभिन्न संस्थानले यस्ता पसल सन्चालन गरेको पौडेलको भनाइ थियो ।

नेपाल खाद्य संस्थान, साल्ट ट्रेडिङ कर्पोरेसन र दुग्ध विकास संस्थानले सुपथ मूल्य पसलको सुरुआत गरेका हुन् ।

उपत्यकाका कालिमाटी, टेकु, सतुगंल, कोटेश्वर, जाउलाखेल, भक्तपुर, सूर्यविनायक, बनेपा र कलंकीमा सुपथ मूल्य पसल सन्चालन गरिनेछ ।

साल्ट ट्रेडिङले नुन, चिनी तथा खाद्यन्न बिक्री गर्नेछ । दुग्ध विकास संस्थानले प्रतिकिलो १० रुपैयाँ छुटसहित पनिर र घिउ बिक्री गर्ने जनाइएको छ भने खाद्य संस्थानले भने खसी, बोका र च्याङ्ग्रा बिक्रीका लागि खरिद प्रक्रिया अगाडि बढाइसकेको जनाइएको छ ।

खाद्य संस्थानले खसी–बोकाको मूल्यमा प्रतिकिलो १० रुपैयाँ छुट दिने निर्णय गरेको छ ।

दसैंका लागि एक हजार च्याङ्ग्रा र १५०० सय खसी–बोका खरिद गर्न लागेको खाद्य संस्थानका महाप्रबन्धक कुमारप्रसाद दाहालले बताए ।