शुक्रबार राजधानीमा सम्पन्न १८औं वार्षिक साधारणसभा तथा निर्वाचन कार्यक्रमबाट ११८ मतका साथ आचार्य विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी मोदनाथ ढकालले १०६ मत प्राप्त गरे ।
यस्तै, उपाध्यक्षमा प्रभात भट्टराई १३७ मतका साथ विजयी भए भने उनका निकटतम् प्रतिद्वन्द्वी रामराजा श्रेष्ठले ८८ मत प्राप्त गरे ।
महासचिवमा भीमप्रसाद गौतमले १०६ प्राप्त गरी विजयी हुँदा उनका प्रतिद्वन्द्वी जनार्दन बरालले ७० र अर्का उम्मेदवार अनुजराज ढुंगेलले ४९ मत प्राप्त गरे ।
सचिवमा सुजन ओलीले १३० मत पाएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी नवीन अर्यालले ९२ मत प्राप्त गरे ।
कोषाध्यक्षमा भागवत भट्टराईले १२३ मत प्राप्त गरी विजयी हुँदा प्रतिद्वन्द्वी सरस्वती ढकालले ९८ मत प्राप्त गरिन् ।
त्यसैगरी, सदस्यमा एलिजा उप्रेती (१५७), हिमाल पौडेल (१४५), सागर घिमिरे (१२८), कृष्ण रिजाल (१०९) र शिव बोहरा (९९) मतका साथ विजयी भएको निर्वाचन समितिका संयोजक डा. सुरेश आचार्यले जानकारी दिए ।
नवनिर्वाचित अध्यक्ष आचार्यले रासससँग कुरा गर्दै पत्रकारको क्षमता विकास गर्न तालिम तथा अन्य गतिविधिलाई बढावा दिने र आर्थिक पत्रकारलाई मुलुकको अर्थतन्त्रको सन्दर्भ सामग्रीकारुपमासमेत विकास गर्न पहल गरिने बताए ।
अंग्रेजी दैनिक ‘दि हिमालयन टाइम्स’मा कार्यरत् आचार्य विगत ११ वर्षदेखि आर्थिक पत्रकारितामा क्रियाशील छन् ।
अंग्रेजीमा स्नातक आचार्य सेजनका सदस्य, महासचिव, उापध्यक्ष हुँदै अध्यक्षमा निर्वाचित भएका हुन् । रासस









प्रतिक्रिया दिनुहोस्