
अदालतले राष्ट्रपतिको चयन गर्न ६० दिनभित्र अर्को चुनाव गर्न आदेशसमेत दिएको छ ।
६ जनामध्ये ४ जना न्यायाधीशले निर्वाचन अवैध भन्दै त्यहाँको निर्वाचन आयोगले संवैधानिक रुपमा निर्वाचन नगराएको ठहर गरेका हुन् ।
यसअघि भएको निर्वाचनमा निर्वाचन आयोगले उहुरु केन्याटा विजयी भएको घोषणा गरेको थियो । केन्याटाले १४ लाख भोटको अन्तरले जित्नुभएको दाबी निर्वाचन आयोगले गरेको थियो ।
मुख्य विपक्षी गठबन्धनले गत महिना भएको निर्वाचनमा जालझेल गरिएको भन्दै निर्वाचन बदर गर्न माग गर्दै सर्वोच्च अदालत पुगेको थियो ।
सर्वोच्चको फैसलापछि वरिष्ठ नेता राइला ओडिंगाको नेतृत्वमा रहेको मुख्य विपक्षी गठबन्धनले निर्वाचन आयोगका सदस्यहरुले केन्याली जनताविरुद्ध ठूलो अपराध गरेकाले उनीहरुलाई जेल सजाय दिनुपर्ने बताउनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्