३० श्रावण २०८२, शुक्रबार | Fri Aug 15 2025


जन्ती बोकेको बस दुर्घटना हुँदा ३२ जना घाईते


0
Shares

दोलखा, माघ ४ । दोलखाको तामाकोशी गाउँपालिका–४ मालु जोगीगाउँमा आज बिहान जन्ती बोकेको बस दुर्घटना हुँदा ३२ जना घाईते भएका छन् ।

स्थानीय जेद्दे मिजारको छोराको विवाहका लागि ४० जनाभन्दा बढी जन्ती लिएर सिन्धुलीको खुर्कोट जान लागेको बा२ख ३७६० नम्बरको बस बिहान साढे ४ बजे सडकबाट अन्दाजी ३० मिटर तल खसेको थियो ।

चालकले स्टार्ट गरेर बस अगाडी बढाउनासाथ दुर्घटना भएको बताइएको छ । १६ जनालाई उद्धार गरि उपचारका लागि प्राथमिक स्वास्थ्य चौकी मालु पठाइएको थियो । उनीहरुलाई थप उपचारका लागि चरिकोट ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

अन्य घाइतेको पनि उद्धार भइरहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।